काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना नरहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओली सो कुरा बताएका हुन् ।
‘दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने मेरो कुनै योजना छैन । अरु साथीहरुले पहिले त्यस्तो गर्नुभएको थियो भनेर मलाई शंका गर्नुभएको होला मेरो त्यस्तो कुनै योजना छैन’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने ।


















