सुन तोलामा ८०० रुपैयाँ बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार बजारमा छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढे र रेकर्ड बनाएको हो । बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर चौथो दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो ।