डेंगी संक्रमणबाट १२ जनाले गुमाए ज्यान, २८ हजार २१२ जना संक्रमित

जनवरीदेखि २८ अक्टोबरसम्म २८ हजार २१२ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
अक्टोबरका २८ दिनमा ९१ देखि २८ सम्म० मात्रै नौ हजार ६६६ जना संक्रमित थपिएका छन् । डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार १६१ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । काठमाडौंमा चार हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ ।काठमाडौंमा मात्रै अक्टोबरका २८ दिनमा दुई हजार २५१ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।