स्पेनमा बाढीका कारण म#र्नेको संख्या ९५ जना पुग्यो

स्पेनमा आएको भीषण बाढीका कारण देशभर ९५ जनाको मृत्यु भएको छ । अन्य कैयौँ मानिस बेपत्ता भएको बताइएको छ । स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र आसपासका क्षेत्रमा मंगलबारदेखि परेको अविरल वर्षाका कारण अवस्था झनै नाजुक बनेको छ । यस वर्षाले धेरै पुल र भवनमा क्षति पुगेको छ ।

आफ्नो ज्यान जोगाउन मानिसहरू घरको छत वा रूखहरूमा चढ्नुपरेको दृश्य अनलाइन र सामाजिक सञ्जालमा देखिएका छन् ।
भ्यालेन्सियामा कम्तीमा ९२ जनाको मृत्यु पुष्टि भएको छ । स्पेनमा बाढीका कारण मृत्यु हुनेको यो संख्या सन् १९७३ यताकै उच्च हो । सन् १९७२ को बाढीमा त्यहाँ बाढीका कारण १५० जनाको मृत्यु भएको अनुमान गरिएको थियो ।