म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत पेस गरिँदै

यतिखेर रास्वपाराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा छन । उनलाई पुनः म्याद थपका निम्ति आज अदालतमा पेस गरिँदै छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिने भएको हो । आज रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ ।

म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ ।