सुन तोलामा तीन सयले बढ्यो

आज सुन तोलामा तीन सय रुपियाँले बढेको छ । बुधबार नेपाली बजारमा सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार दिन एक लाख ६८ हजार दुई सय रहेको सुनको मूल्य आज तीन सय रुपैयाँ बढेको हो ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ घटेर दुई हजार १५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।