राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भोली साढे ११ बजे पार्टी कार्यालय चःमतिमा बस्ने भएको छ।
बैठक समसामयिक राजनीतिक गतिविधि,पार्टीको सांगठनिक गतिविधि,आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। त्यस्तै मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टी परिचालन र विविध प्रस्तावमाथि छलफल हुने पनि बताए।


















