आजदेखि सीतापाइला-धार्के सडक बन्द

सीतापाइला-धार्के सडकखण्ड आजदेखि १५ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नतिका निम्ति बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी गराएको छ । आजदेखि १५ दिनसम्म सडक बन्द गरेर कालोपत्र गरिनेछ ।

यस अवधिमा उक्त सडकखण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने र हलुका (चारपांग्रे)बाहेकका सबै प्रकारका सवारीसाधनलाई पूर्ण रूपमा रोकिने छ । यस अवधिमा वैकल्पिक माग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।