पठाओ, इन्ड्राइभलाई टक्कर दिन ‘दुर्गा’ राइड-शेयरिङ्ग प्लेटफर्म ल्याउँदै दुर्गा प्रसाई

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, र नागरिक बचाऔँ अभियानअन्तर्गत मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् । हाल बजारमा रहेका पठाओ, इन्ड्राइभ जस्ता चलेका राइड-शेयरिङ्ग प्लेटफर्मले कमिसनका रूपमा दैनिक तीन चार करोड नेपाली रुपैयाँ विदेश लगिरहेकोले त्यसलाई रोक्न आफूले ‘दुर्गा’ राइड-शेयरिङ्ग ल्याउन लागेको प्रसाईंले बताए ।

उनले नेपाली मोटरसाइकल तथा ट्याक्सी चालकहरूका लागि शून्य कमिसनको साथमा राइड-शेयरिङ्ग प्लेटफर्म सुरु गर्न लागेको बताए । ‘दुर्गा’ मा चालकहरूका लागि जीवनभर रजिस्ट्रेसन शुल्क र कुनै कमिसन शुल्क लाग्ने छैन ।

उनले अहिले पठाओ, इन्ड्राइभ स्थापित भए पनि तिनीहरूलाई चुनौती दिँदै दुर्गाले मोटरसाइकल चालक र ट्याक्सी चालकलाई राहत दिने र नेपाली पैसा विदेश जानबाट रोक्ने बताए । सो प्लेटफर्मको आधिकारिक घोषणा मङ्सिर ७ मा काठमाडौँमा आयोजना हुने सभामा गर्ने तयारी गरिएको छ ।