मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन

मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी,धनुषा,महोत्तरी,रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४,धनुषाको धनुषाधाम नगरपालिका–१,महोत्तरीको रामगोपालपुर नगरपालिका–२,रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो ।