भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङले एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्ने सुचीमा राखिएको छ । आज उक्त रिट न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।
तर, हेर्न नमिल्नेमा चढाइएको हो । अब नयाँ पेसी अर्को मितिमा तोकिनेछ । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो ।


















