धनुषाको बिदेह नगरपालिका-१ ठाडी बस्ने गुलाव सहनीको छोरा १० वर्षीय दिपेश सहनीसोही ठाउँस्थित सार्वजनिक पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सोमबार साँझ घरबाट हिँडेका उनी घरफर्कि नआएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।

















