सुन तोलामा ४ सयले घट्यो

बुधबार सुन तोलामा चार सयले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तर रुपमा घटेको छ ।

यस दिन चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।