आजदेखि काठमाडौंमा दैनिक ४ घण्टा विद्युत बन्द

आज देखि एक हप्तासम्म काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो । प्राधिकरणका अनुसार सो कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

जसअन्तर्गत आज, भोलि र पर्सी बलम्बु, कलंकी र थानकोट फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा विद्युत जाने भएको छ ।