रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज तेस्रो दिन पनि बयान सुरू भएको छ ।
पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको हो । हिजो १० घण्टा बयान लिइएको थियो । रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने बताए ।