राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रूपन्देहीबाट कास्की लगिँदैछ।
मंगलबार बयानका लागि कास्कीबाट रूपन्देही पुर्याइएका रविलाई बयान सकिएसँगै शुक्रबार कास्की नै फिर्ता गर्न लागिएको हो।
लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत कास्की पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी डिएसपी लक्ष्मी खनालले बताइन् । बिहान ७:४० फ्लाइट रहेपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मौसम सफा नभएका कारण ढिलाइ भएको पनि बताइन्।



















