काठमाडौंको सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोङ्ग ‘होटल दि सूर्य नयाँदिल्लीमा’ आयोजित १९ औं टुरिजम, ट्राभल एण्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा ‘ Best casino in south Asia’ अवार्डबाट चौथो पटक सम्मानित भएको छ । नयाँ दिल्लीमा भएको समारोहमा क्यासिनो माजोङ्गका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ सम्मानित हुनु भएको छ ।
भारत सरकारका सडक यातयात तथा हाईवे राज्यमन्त्री अजय भट्ट , गान्धी स्मृतिका उपाध्यक्ष तथा पूर्व युवा तथा खेलकुद, रक्षा तथा टुरिजम राज्यमन्त्री विजय गोयल ,पश्चिम दिल्लीबाट लोकसभाका माननीय सदस्य श्रीमती कमलजीत सेरावत , भारतीय जनता पार्टीका महासचिब तथा दक्षिण दिल्लीबाट लोकसभाका माननीय सदस्य रामवीरसिंह विधुरीुको प्रमुख आतिथ्यतामा उक्त समारोह सम्पन्न भएको थियो ।
क्यासिनो माजोङ्ग अध्यक्ष / प्रबन्ध निर्देशक विनोद श्रेष्ठ बिगत २५ बर्ष देखि पर्यटन व्यवसायमा आवद्ध हुनु हुन्छ । क्यासिनो , होटल तथा रिजोर्टस , ट्राभल लगायतका ब्यवसायमा उहाँको लगानी छ । उहाँको स्वामित्वमा रहेको क्यासिनो माजोङ्ग नेपालकै नम्बर १ क्यासिनो हो । क्यासिनो माजोङ्गले बर्सेनी लाखौ बिदेशी पर्यटक नेपाल भित्राउदै आएको छ । यो अवार्ड त्यसकै प्रतिफल हो ।
सोही समारोहमा क्यासिनो माजोङ्ग नेपालगञ्जलाई ‘वेस्ट क्यासिनो ईन नेपाल ’बाट सम्मानित गरिएको छ । उक्त अवार्ड क्यासिनो माजोङ्ग नेपालगञ्जका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई प्रदान गरिएको छ ।
यस्तै सोही समारोहमा क्यासिनो माजोङ्ग नेपालगञ्जका महा प्रबन्ध निरजकुमार प्रधान ‘बेस्ट क्यासिनो जनरल म्यानेजर अफ साउथ एसिया’ अवार्डबाट सम्मानीत हुनु भएको छ । गत बर्ष सन् २०२३ मा काठमाडौस्थीत क्यासिनो माजोङका महाप्रबन्धक अमुल्य विक्रम राणाले ‘बेस्ट क्यासिनो जनरल म्यानेजर अफ साउथ एसिया ’ अवार्ड प्राप्त गर्नु भएको थियो ।
क्यासिनो माजोङ्ग भारतको नयाँ डिल्लीमा आयोजित हस्पिटालिटी अवार्ड कार्यक्रममा सन् २०२२, २०२३ र २०१९ मा र २०१८ मा ‘वेष्ट क्यासिनो इन नेपाल ’अवार्डबाट सम्मानित भईसकेको छ । सन २०२३मा क्यासिनो माजोङ्ग नेपालगञ्जले ‘वेष्ट क्यासिनो इन नेपाल ’अवार्ड प्राप्त गरेको थियो । क्यासिनो माजोङ्ग नेपालले पाएको यो अवार्ड दक्षिण एसियाकै प्रतिष्ठीत अवार्ड हो ।
भारतको राजधानी नयाँदिल्लीस्थित ‘हस्पिटालिटी इण्डियापब्लिकेसन्स ग्रुप’ ले बर्सेनी संसारभरका होटल र क्यासिनोलाई अवार्ड बितरण गर्दै आएको छ । दक्षिण एसियामा हस्पिटलिटी क्षेत्रलाई प्रवर्धन गर्न यो कार्यक्रम गरिन्छ ।
दक्षिण एसियामा बेष्ट हस्पिटलिटी कसले दिएको छ भनेर हस्पिटालीटी इन्डियाले गभ्भिर अध्यन पछि अवार्डकालागि छनौट गर्दछ । कुन क्यासिनोको टान्जेक्सन कस्तो छ । भिजिटरको संख्यालगायत पाटोमा हस्पिटालीटी इन्डियाले गभ्भिर अध्यन पछि अवार्डकालागि छनौट गर्दछ । सम्वन्धीत मुलुकको बजारमा कसको बढी क्रेज छ कुन लोकप्रिय छ भनेर अध्यन पछि अवार्डकालागि छनौट गरिन्छ ।
हस्पिटालीटी इन्डियामा भारतको पर्यटन क्षेत्रमा आवद्ध ब्यक्ति ,भारतको पर्यटन बोर्ड ,भारतीय पर्यटन मन्त्रालयका अधिकारी आवद्ध छन । भारत पर्यटन बिकास निगम लिमिटेडको यसमा बिशेष संलग्नता छ । उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड समेत सहसंयोजक रहेको छ ।
ट्राभल तथा आतिथ्य अवार्डमार्फत पर्यटन उद्योगका बिभिन्न क्षेत्रका कम्पिनीलाई अन्तराष्ट्रिय मान्याता प्रदान गर्ने गरिन्छ । उत्कृष्ट क्यासिनाहरु, होटलहरु तथा रिसोर्टमा, टुर अप्रेटरहरु स्पा एण्ड वेलनेस सुबिधा प्रदायकहरु, रेस्टुराँ तथा प्रबिधि र अन्बेषण कम्पनीहरु पर्यटन क्षेत्रमा आवद्ध ब्यक्रिहरुलाई उक्त अवार्ड प्रदान गरिदै आएको छ ।



















