सुनसरी, ५ मंसिर ईटहरी उपमहानगरपालिका२ आँपगाछीस्थित सडकमा ईटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १(०२(०५४ प १७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका २ बस्ने २४ वर्षीय निराज बजगाईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















