करिब ३ सय ३० किलोग्राम गाँजा सहित तीन जना पक्राउ

मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैंसे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्राम सहित गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी बोलेरो चालक अमिरलाई पक्राउ गरेको हो ।