अफ्रिकीको नामिबियामा पहिलो महिला राष्ट्रपति

अफ्रिकीको नामिबियामा पहिलो पटक राष्ट्रपति पदमा महिला निर्वाचित भएको छ ।
राष्ट्रपति नन्दी–नदैतवाहले ५७ प्रतिशतभन्दा बढी मत ल्याइन् भने प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याए ।तर, पाण्डुलेनी इतुलाले शनिबार नदैतवाहको पार्टीले निर्वाचन प्रक्रियामा धाँधली गरेको आरोप लगाउँदै निर्वाचनको परिणाम अस्वीकार गरेकी छन् ।
यसअघि नन्दी–नदैतवाहले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी सत्तारुढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन्। नामिबियाको अखबारका अनुसार मंगलबार साँझ नामिबियाको राजधानी विन्डहोकका अधिकांश विपक्षी दलहरूले चुनावी नतिजा बहिष्कार गरेका छन्।