७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति ९पुनः श्रम स्वीकृतिसहित० लिएका छन् । जसमा ६२ हजार ८९० पुरुष र आठ हजार १०० महिला रहेका छन्।

व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको सङ्ख्या १२ हजार ५९८ रहेको छ । जसमा १० हजार २६८ पुरुष र दुई हजार ३३० महिला रहेका छन् । त्यस्तै संस्थागत ९मेनपावर० मार्फत श्रम स्वीकृति लिएर २३ हजार ५५६ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।

कात्तिकमा ६७० जना मात्रै जी टु जी मार्फत गएका छन् । चालु आर्थिक वर्षको चार महिनामा करिब साढे २ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनदेखि कात्तिक मसान्तसम्ममा दुई लाख २७ हजार ८३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्या बढ्दो क्रममा छ । भने संस्थागत श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्या घट्दो छ । असोजमा ८ हजार ९३८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश गएका थिए भने कात्तिकमा १२ हजार ५९८ जना गएका छन् ।