साताको कारोबारको अन्तिम दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदी आज बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
















