हामी २१ औं शताब्दीको अन्त्यतिर आईसकेका छौ, तर नेपाली समाजमा भने सदियौदखि जरो गाडेर बसेको लैगिक हिंसा अन्त्य हुन सकेको छैन । यतिखेर लैंगिक हिंसा रोक्न विश्वभर १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान चलिरहेको छ भने नेपालमा पनि सरकारी स्तरबाट विभिन्न संघ,संस्थाहरुले हिंसा रोक्न अभियान चलाई रहेका छन ।
हाम्रो समाजमा लिङ्गको आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा हिंसा हुदै आएको छ । समाजमा स्रोत,साधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण,सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु,छाउपडी प्रथा,कुमारी प्रथा झुमा प्रथा,देउकी प्रथा जस्ता धार्मिक मान्यताहरुले गर्दा समाजमा पुरुषको तुलनामा महिला हिंसामा परिरहेका छन ।
पछिल्लो समय प्रविधिको विकाससँगै समाजिक सञ्जालहरुमा पुरुषको तुलनामा महिलाहरुलाई टोल बनाईरहेको छ भने त्यस्तै गरी लकडाउनको समयमा महिलाहरु घरभित्र धेरै बस्नु पर्ने भएकाले कोभिड–१९ महामारीले घरेलु हिंसामा वृद्धि गरेको तथ्थाङ्काहरु सर्वजानिक भएका थिए ।
पछिल्लो समय लिङ्गको आधारमा गरिने हिंसा कम भएको जस्तो भए पनि समाजमा हिंसा भएको र महिलाहरु माथि गरिने हिंसा यथाव रहेको र अहिले हिंसा गरिने तरिका मात्र फरक रहेको नेपाल टेड्र युनियन महासंघ (जिफन्ट) का केन्द्रिय उपाध्यक्ष सीता लामलो बताउनुहुन्छ । उहाँको भनाईमा आधारित रहेर समाजलाई नियाल्दा पछिल्लो समयका पुस्ताबाट विशेष गरी छोरीहरु असुरक्षित बनेको देखिन्छ । परिवर्तनशील समय,प्रविधिको विकाश कामको व्यस्तताले गर्दा अहिलेको शिक्षित वर्गहरुबाट नै फरक खालको हिंसा अर्थात विभेद हुदै आएको छ । अहिलेको शिक्षित वर्गले प्रविधिको विकाशसँगै जब गर्वबाटै छोरा छोरीे छुट्याउछ र छोरी हो भनेर छुटिएपछि उसको गर्व मै हत्या गर्ने प्रवृति यसको उदाहरण मान्न सकिन्छ ।
नेपाल सरकारले लैंगिक हिंसालाई सम्बोधन गर्न २०७६ साललाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा घोषणा गरेर विभिन्न कार्ययोजनाहरु बनाएर स्थानीय तहदेखि संघ तहसम्म विभिन्न अभियानमुलक कार्यक्रमहरू सञ्चालन गरे पनि महिलाविरुद्ध हुने भेदभाव तथा हिंसाजस्ता जघन्य घटना केहि हदसम्म कम भएपनि रोक्न भने सकिएको छैन ।
विश्वव्यापी रुपमा रहेको लैंगिक हिंसा रोक्न १६ दिने अभियान
यतिखेर लैङिक हिंसा रोक्न विश्वभरी १६ दिने अभियान चलिरहेको छ । त्यसै स्वरुप नेपालमा पनि लैंगिक हिंसा रोक्न विभिन्न संघ संस्थाहरुले र सरकारी स्तरबाट विभिन्न किसिमको कार्यक्रमहरु गर्दै हुदै आएका छन । १६ दिने अभियानको मुख्य उद्देश्य भनेको ‘लैंगिक समानता समाज लिङ्ग ,जाति,धर्म,वर्ग र आर्थिक कुनै पनि किसिमबाट कुनै पनि व्यक्ति हिंसामा नपरोस भन्ने हो । तर हाम्रो समाजमा अहिले पनि विभिन्न ढङ्गाबाट हिंसा भईरहेको छ । यसै क्रममा टेड्र युनियन महासंघकी उपाध्यक्ष सीता लामा भन्नुहुन्छ, हाम्रो समाजमा हरेक घर घरमा,टोल टोलमा हरेक दिन हिंसा भईरहेको छ, त्यसैले श्रम जिवीको पक्षमा लाग्ने , मानव अधिकारको पक्षमा लाग्ने हरेक सामाजिक अभियान्तहरु १६ दिने अभियानमा मात्र सीमीत नभएर हरेक दिन हरेक समय यसको विरुद्धमा लाग्नुपर्छ।
१६ दिने लैङिक हिंसा विरुद्धको अभियानले हिंसा रोक्न कतिको प्रभाव पर्ला ?
केहि वर्ष यता लैङिक हिंसा रोक्न सरकारी निकाय र विभिन्न संघ संस्थाहरुले १६ दिने अभियान चलाउँदै आएपनि समाजमा लिङ्गको आधारमा गरिने हिंसाहरुको स्वरुप परिवर्तन हुदै झन झन विकाराल रुप लिदैँ आएको छ । पछिल्लो समय महिला,पुरुषहरु र तेस्रो लिङगीहरु पनि हिंसामा परिरहेको छ भने विषेश गरी महिलाहरुलाई सामाजिक सञ्जालमा विभिन्न तरिकाले ट्रोल बनाई रहेको देख्न सकिन्छ ।
महिलाहरुलाई लिङ्ग पहिचान गरी छोरी भएमा गर्भपतन गराउने.,तेजाव छर्कने ,बलात्कार गर्ने श्रम शोषण , दाईजोको निहुमा जिउँदै जलाउने ,छोरीलाई निम्न स्तरको स्कुलमा पढाउने प्रथालाई हटाउन सकेको छैन भने अहिले हिंसाको शिकारमा तेस्रो लिङ्गीहरु पनि परेका छन । उनीहरु सुरुमा त आफनै परिवारबाट तिरस्कृत भएका छन् । उनीहरुलाई समाजमा जिस्काउने गिज्याउने , आफ्नो पहिचान के हो भनेर पहिचानको पिडासँगै राज्यबाट उपेक्षित हुनु परेको छ ।
नेपालको संविधानमा महिलाहरु र तेस्रो लिङ्गीहरुको लागि कानुन जस्तो सुकै बने पनि त्यो कार्यन्वयन हुन नसक्दा समाजमा पुरुषको तुलनामा महिला र तेस्रो लिङ्गीहरु बढी हिंसाको शिकार बनिरहेका छन । तेस्रो लिङ्गीहरु समाजमा महिला, पुरुष भनेर खुलाउन नसकेको अवस्थामा उनीहरुले समाजमा पहिचानको आधारमा विभिन्न किसिमको नाम उपनामबाट तिरस्तृत हुनु परेको र यस्तै समस्याहरु रहदै आएकोले उनीहरुले समाजमा आफुलाई तेस्रो लिङ्गी हो भनेर चिनाउन नसकिने अवस्था यथावत रहेको छ ।
यसरी हेर्दा पछिल्लो समय विभिन्न संघ संस्थाहरुले हिंसा रोक्न यस्तो जनचेतना मुलक कार्यक्रमहरु ठाउँ ठाउँमा गर्दै आए पनि हिंसाको स्वरुप फेरिएको र समस्या यथावत नै रहेकोले यस्ता अभियानहरुले गरेको कार्यको परिणाम प्रसंशा गर्न लायक नभएको हो कि भनेर अन्दाज लगाउन सकिन्छ ।




















