चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-८ बस्ने २९ वर्षीय जितेन्द्र रायलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















