सुनसरीको दुहबी नगरपालिका-३ डेरा गरी बस्ने गढी गाउँपालिका-२ घर भएका २३ वर्षीय ओम चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















