कतिको सुरक्षा छ अमेरीकामा ?

विश्वका अमेरिका लगायतका देशलाई सुरक्षीत र शक्तिशाली देश भनेर मानिन्छ । अमेरिकामात्र होईन बेलायत, जर्मनी जस्ता देशलाई पनि अरु देशको तुलनामा सुरक्षीत मानिन्छ , तर जति नै सुरक्षीत राष्ट्र मानिए पनि यी देशमै पनि ठुला—ठुला आक्रमणका घटनाहरु भने बेला बखत घटिरहेकै हुन्छन । यस्तै घटना पछिल्ला दिनहमा पनि घटेका छन । अन्तर्राष्ट्रिय समाचार माध्यका अनुसार अग्रजी नयाँ वर्ष २०२५ मनाउदै गर्दा अमेरिकाको न्यु अर्लिन्समा जम्मा भएको मानिसहरूमाथि एक व्यक्तिले जथाभाबी कार चलाउदा १५ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ३५ जना घाइते भएका छन् । समाचार माध्यका आनुसार सो घटनामा चालकले जानाजानी ट्रक भीडमा छिराई गाडी भित्रबाट गोली चलाएका थिए । अमेरिकी मिडियाका अनुसार सन्दिग्ध ट्रक चालकलाई प्रहरीले गोली हानेको छ । स्थानीय पुलिस प्रमुख एनी किर्कप्याट्रिकका अनुसार संदिग्ध ब्यक्तिले धेरै तीव्र गतिमा पिकअप ट्रक चलाएका थिए र सकेसम्म धेरै मानिसहरूलाई किच्ने प्रयास गरेका थिए। उनले ब्यारिकेडमा पनि प्रहार गरे र त्यसपछि गोली चलाएर दुई प्रहरी अधिकारीलाई घाइते बनाए थिए ।“ मर्नेमा अमेरिकाका चर्चित फुटबल खेलाडी, नर्स पढ्न लागेकी युवति र एकल आमा समेत छन् ।

घटानप्रति अन्तर्राष्ट्रिय क्षेत्रबाट समवेदना प्रकट गरिएको छ । समवेदना प्रकट गर्नेमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन,बेलायती प्रधानमन्त्री किर स्टारमर,बेइजिङका विदेश मामिला प्रवक्ता माओ निङ,युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की, युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञ काजा कालास,जर्मन चान्सलर ओलाफ स्कोल्ज,इजरायली विदेशमन्त्री गिडियोन सार र साउदी अरेबिया, टर्कीको विदेश मन्त्रालय लगायत छन ।

यस अघि जर्मनीमा पनि क्रिसमस मार्केटमा ठुलो आक्रमण भएको थियो । क्रिसमस पार्टीको भिडमा कार प्रवेश गरेपछि दुई जनाको ज्यान जानुको साथै ६८ जना घाइते भएका थिए । घाइतेमध्य १५ जना गम्भीर भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन । घटनामा एक ५० वर्षीय साउदी अरेबियाली नागरिक संलग्न रहेको प्रहरीले आशंका गरेको छ।संकास्पद ब्यक्तिलाई गिरफ्तार गरि अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ । त्यसो त जर्मनीको क्रिसमस मार्केटमा यो पहिलो पटक आक्रमण भएको होइन। आठ वर्षअघि पनि इस्लामिक सङ्गठनसँग निकट एक व्यक्तिले यसरीनै कारबाट आक्रमण गर्दा १२ जनाको ज्यान गएको थियो।

समभाब्य आक्रमणका घटना हुन नदिन सुरक्षा कर्मीहरुले राम्रै प्रयास गरे पनि घटनाहरु रोक्न भने सकेको देखिएन ।