अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौं, १९ पुस
तनहुँ, आँबुखैरेनी गाउँपालिका४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट सहित रसुवा उत्तरगया गाउँपालिका२ घर भएका २२ वर्षीय सर्बजित तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको ग१ ख १५६० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका ४ बस्ने १९ वर्षीय बिजय लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित सोही नगरपालिका१ वनगाउँ बस्ने २५ वर्षीय तुलाराम घर्तीमगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका१ बिन्दवासिनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध डाइजेपाम ३ एम्पुल, नुर्फिन २ एम्पुल सहित सोही ठाउँ बस्ने ३७ वर्षीय निशाद श्रेष्ठ र पोखरा महानगरपालिका९ नयाँबजार बस्ने पर्वत कुश्मा नगरपालिका(४ घर भएका ३२ वर्षीय दिपक विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका५ मछेरा बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट न्यू सिटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका३ बसामाडी बस्ने ४६ वर्षीय राज कुमार थिङ र सोही उपमहानगरपालिका३ लेवर्ट बस्ने ३४ वर्षीय धन बहादुर भोलन रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा।प्र।०३(००१ ज ३०३ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।