पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटे बस्ने ५२ वर्षीय धुर्व रेग्मीको घरको भान्सा कोठामा आइतबार बिहान आगलागी हुँदा उक्त आगलागीमा जलेर सोही ठाउँ बस्ने ७२ वर्षीया दुर्गा देवी पौडेलको घटनास्थलमै मृत्यु भएको छ ।
साथै आगोले जलेर घाइते भएका धुर्वलाई जिल्ला अस्पताल पर्वत हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















