एमाले केन्द्रीय कमिटी बैठक आज पनि

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम आज पनि जारी रहने भएको छ ।
आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि आजै बैठक समापन गर्ने पार्टीको तयारी छ ।बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ ।