काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ट्याब्लेट सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६८१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको डिक्कीमा राखी ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा काभ्रे बनेपा नगरपालिका-६ बस्ने २७ वर्षीय किरण श्रेष्ठको संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले किरणलाई गोंगबु नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको छ ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















