एमाले बैठकमा मीनबहादुरले दिएको दानको जग्गा फिर्ता गर्नु पर्ने सु्झाब

२३ पुस, काठमाडौं । व्यापारी मीनबहादुर गुरूङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति नेकपा एमालेका नेताहरूले असहमति जनाएका छन् । बैठकमा पेम्वा लामा, ठाकुर गैरे, रचना खड्काहरूले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गरिएकोमा निलम्बन फिर्ताको प्रस्ताव राखेका थिए । उनीहरले ‘जग्गा दानमा लिँदा जनतामा राम्रो सन्देश गएन, यो निर्णयबाट पछि हटौं । र निलम्बनमा परेका कमरेडहरूबारे पुनर्विचार गरौं भने । बैठकमा ब्यापारीको दानमा पाइने घरमा पार्टी कार्यालय राख्न नहुनेमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईको बढी जोड थियो ।‘दिन्छु भन्नेलाई धन्यवाद भनौं र दान लिने निर्णयबाट फिर्ता होऔं’, भट्टराईको प्रस्ताव थियो, ‘जुन स्कुलिङबाट हामी आएका छौं, त्यसले गर्दा यो निर्णय पचाउन गाह्रो भइरहेको छ ।