एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय खारेज, नियमित निर्वाचन प्रक्रिया अघि बढाइने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि गरेको अर्ली इलेक्सनको निर्णय खारेज गर्दै विधानअनुसार नियमित निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ ।
शनिबार सातदोबाटोस्थित मुख्यालयमा बसेको बहुमत सदस्यको बैठकले १६ पुसमा भएको अर्ली इलेक्सनसम्बन्धी निर्णय बदर गरेको हो ।

बैठकले नयाँ नेतृत्व चयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन तथा एन्फामाथिको निलम्बन फुकुवाका लागि पहल गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।बैठकले आगामी माघमा यू-१५ फुटबल फेस्टिभल आयोजना गर्ने, स्थगित शनिबारे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र फिफा यू-१५ फेस्टिभलमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई जनही ५० हजार र अफिसियललाई ३० हजार रुपैयाँ पुरस्कार दिने निर्णयसमेत गरेको छ ।