सोमबारबाटै लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ। यातायात व्यवस्था विभागले सोमबारबाट लागु हुने गरी यात्रुवाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको जनाएको हो ।
सरकार, यातायात व्यवसायी र यातायात मजदुर बिचको छलफल तथा समझदारीबाट भाडादर निर्धारण नगरी भाडादर समायोजन कार्यविधिका आधारमा मुख्यतया तीन अवस्थामा भाडादर निर्धारण गरिएको छ ।




















