आगोले जलेर मृत्यु

रौतहटको वृन्दावन नगरपालिका-३ विश्रामपुर बस्ने ७० वर्षीया राजकुमारी देवी साहको आगोले जलेर गए राति मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा घुरको आगो ताप्ने क्रममा साडीमा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।