आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काभ्रेको नमोबुद्ध नगरपालिका-४ कार्की टोल बस्ने ७० वर्षीय मान बहादुर तामाङको गोठमा बुधबार बिहान आगलागी हुँदा अन्नपात, लत्ताकपडा लगायतका विभिन्न सरसामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस बारे थप अनुसन्धान गरिरहेको छ ।