बढ्यो सुनको मूल्य

साताको कारोबारको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १६०० रुपैयाँले बढेको हो । जसअनुसार छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।