नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजको अध्यक्षमा ठकुरी चयन

जलयात्रा व्यवसायीहरूको संस्था नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज ९नारा०को अध्यक्षमा कमलबहादुर ठकुरी चयन भएका छन् । ३६औँ साधारण सभाबाट एड्भेन्चर रिभर ट्रेल प्रालिका ठकुरीको अध्यक्षतामा ७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सभाले उपाध्यक्षमा हिमालयन रिभर अपरेटर्स नेपाल प्रालिका शुकबहादुर लामा, महासचिवमा नेभिगेट आउटडोर्स प्रालिका चूडामणि अर्याल, सचिवमा कर्णाली राफ्टिङ एन्ड एड्भेन्चर प्रालिका सञ्चालक देवराज जैसी चयन गरेको छ । त्यस्तै सहकोषाध्यक्षमा लस्ट प्याडल प्रालिका गोविन्द पाठक चयन भएका छन् ।

बिग स्माइल नेपाल प्रालिका विष्णु गुरुङ र एमबीएस राफ्टिङ प्रालिका सञ्जीवकुमार तामाङ सदस्य चयन भए । एक जना कोषाध्यक्षपछि चयन हुनेछन् ।