सुनसरी, धरान उपमहानगरपालिका–२० सानो खैरेबाट अवैध लागूऔषध गाँजा १६ किलोग्राम सहित सोही उपमहानगरपालिका–२० चिण्डेडाँडा बस्ने २३ वर्षीय अर्जित लिम्बु र धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने २९ वर्षीय विवेक राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले को.२४ प ३८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका–२ विजयनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही नगरपालिका–१ बस्ने २५ वर्षीय श्याम चौधरी समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका–१ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरीलाईशनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका–३ बस्ने ३४ वर्षीयदीपक चदारालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिक–४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित दार्चुला व्यास गाउँपालिका–६ खातीगाउँ बस्ने २६ वर्षीय रवीन्द्र सिंह भण्डारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित रूपन्देही सैनामैना नगरपालिका८ बासगढी बस्ने ३८ वर्षीय बाबुलाल मल्लाह र कपिलवस्तु बाणगंगा नगरपालिका–१ गजेहडा बस्ने २२ वर्षीयानिरू मल्ल ठकुरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चाकरचौडा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, धनपालथान गाउँपालिका–३ डकुवाडाँडा बस्ने चन्द्रदेव मण्डललाई अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय १ किलोग्राम सहित पर्सा वीरगंज महानगरपालिका(२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन राउत कुर्मीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक राजनलाई पक्राउगरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




















