आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने भएको छ ।
यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार सार्वजनिक बिदा भएकोले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज पनि जारी रहने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता र सरकारी वकिल गरी ९ जनाले बहस गरे । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले लामिछानेको पीडितको तर्फबाट बहस गरेका थिए ।


















