आज अपराह्न चार बजे नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।
नेताहरूको जिम्मेवारी टुङ्ग्याउन र अभियानबारे कार्ययोजना बनाउन पदाधिकारी बैठक बोलाइएको नेताहरूले बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक(पुस २१–२३ गते) ले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो । बैठक प्रचण्ड निवास खुमटारमा बस्ने तय भएको छ ।


















