छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

सिराहा, नरहा गाउँपालिका ३ चौहर्वास्थित सडकमा स।१ प ९४६३ नम्बरको मोटरसाइकल र प्र।१।०२(०५५ प ६१२३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स।१ प ९४६३ नम्बरको मोटरसाइकल चालक मिर्चैया नगरपालिका १० बस्ने ४५ वर्षीय रघुबिर मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र।१।०२ ०५५ प ६१२३ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ भने सोही मोटरसाइकलमा सवार १ जनाको लाईफ लङ अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।
बाँके, राप्तीसोनारी गाउँपालिका ७ सर्रास्थित सडकमा भे।१ ख ३७७४ नम्बरको बस र भे।६ प ८८३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय दिल बहादुर थारू र मोटरसाइकलमा सवार २५ वर्षीय राजन थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, फेटा गाउँपालिका(३ फेटा बजारस्थित सडकमा प्र।२.०३.००१ त २७७६ नम्बरको ट्याक्टरले बीआर ०५ एएफ ०६४३ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक भारत बिहार राज्य मोतिहारी बस्ने ३० वर्षीय मिन्टु रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी बारा, जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सडकमा जीतपुरबाट सिमरातर्फ आउँदै गरेको ना।२८ प ९३४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका ३१ बस्ने २२ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको एभरग्रीन तराई अस्पताल सिमरामा उपचार भइरहेको छ ।
यसैगरी बारा, महागढीमाई नगरपालिका ७ तेलकुवास्थित सडकमा बिआर ०५ एक्स ७९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक भारत बिहार मोतिहारी आन्द्रा बस्ने ३८ वर्षीय रामबाबु पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
नुवाकोट, बेलकोटगढी नगरपालिका ७ महादेवफाँटस्थित सडकमा प्र।३.०६. ०१ प ४६४१ नम्बरको मोटरसाइकल र बा८४ प ३८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा बा।८४ प ३८३६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका ७ रातोमाटे बस्ने १८ वर्षीय आयुष अर्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल भारत मैत्री अस्पताल चाबहिल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्र।३.०६(०१प ४६४१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, तिलोत्तमा नगरपालिका ७ भलवारीस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु।९६ प १० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सियारी गाउँपालिका १ कैलाशनगर बस्ने ३० वर्षीय भरत केसीको मंगलबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिया, बारबर्दिया नगरपालिका ५ बर्दियागाउँस्थित सडकमा भे।१२ प ५४४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका ८ औरी बस्ने २२ वर्षीय बिनोद थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङ, बुढीगंगा गाउँपालिका २ सक्मास्थित सडकमा प्रदेश १.०२.०४५ प ९३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिक ४ बस्ने २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्सा, पटेर्वा सुगौली गाउँपालिका ४ कर्वोलास्थित सडकमा ना२८ प ३८१९ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सुदर्शन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।