काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलाबाट रक्त चन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ घर भएका ४० वर्षीय ज्ञान बहादुर तिमिल्सिना र काठमाडौं महानगरपालिका-१४ बस्ने ४१ वर्षीय रमेश थापा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको टहरामा १३ वटा बोरा भित्र रहेको उक्त परिमाणको काठ फेला पारी दुबै जनालाईपक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी यता धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित गोदावरी नगरपालिका-५ बस्ने ३१ वर्षीय निरजधामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















