टिकटक, फेसबुकबाट रोमानिया, क्रोएशियामा रहेका नेपालीलाई विभिन्न देशमा सिफ्ट गर्ने नाममा ठगी

वैदेशिक रोजगारीको सिलसिलामा रोमानिया, क्रोएशिया, माल्टालगायतका मुलुक लगायतका मुलुकमा कार्यरत नेपालीहरलाई विभिन्न प्रलोभन देखाई पोल्याण्ड तथा बुल्गेरियामा गैरकानूनी ओसारपसार गरेको खुल्न आएको छ ।

जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जरुरी सूचना नै जारी गरेर यसबारे जानकारी दिएको हो । दूतावासले सार्वजनिक रुपमा जारी गरेको अति जरुरी सूचनामा सामाजिक सञ्जाल टिकटक, फेसबुकलगायत सामाजि सञ्जालहरु समेतको प्रयोग गरेर प्रलोभन बाँडएको तथा झुठा विवरण प्रचार-प्रसार गरेको पाइएको उल्लेख छ ।

दूतावासले नेपालबाट विधिवतरुपमा जुन मुलुकको लागि श्रमस्वीकृति लिएको हो सोही मुलुकमा कार्यरत रहन र यस्ता प्रलोभनमा नपर्न भन्दै सबैमा सार्वजनिक अनुरोध समेत गरेको छ । गैरकानूनी कार्यमा संलग्नहरुलाई सचेत गराउँदै दूतावासले यस्तो कार्यमा संलग्नहरुबारे प्रमाणसहित दूतावासमा उजुरी दिन पीडितहरुलाई सूचनामार्फतै आह्वान गरेको छ ।