बेलायतमा नेपाली कलकारको सुनचाँदी ब्यबसाय

नेपालको पूर्वमा चर्चीत मुन्दुम टे«लका योजनकार तथा गायक श्याम सामसोङ यतिवेला बेलायतमा बस्दै आएकाछन् । तिनै गायक श्यामले अर्की गायिका जानुका राईसंग मिलेर सुनचाँदी ब्यबसाय सुरु गरेकाहुन् । बेलायतमा नेपालीहरुको सबैभन्दा सघन बसोबास भएको शहर अल्डरशटमा यि दुई कलकार मिलेर व्यवसाय सुरु गरेकाहुन् । सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामको सुनचादीको नयाँ शोरुम गत आइतबार नेपालिज ज्वैलरी एसोशियसनका अध्यक्ष तथा आदिबासी जनजाती महासंघका अध्यक्ष मेजर योगेश कोयी राई ह्याप्शायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाट्यकर्मी सिर्जना सुब्बाले संयुक्त रुपमा उत्घाटन गरेकाहुन् ।

लण्डनदेखि नजिकै रहेको अल्डरशट बसोबासको लागि मात्र नभई नेपालीहरुका लागि ब्यपारिक केन्द्रको रुपमा समेत बिकास हुदै गइरहेको छ । नेपालीहरुले दर्जनौ रेष्टुरेण्टदेखि किराना पसलहरु खोलेका छन् । यहाँ करिब एक दर्जन सुनचाँदीका पसलहरु संचालनमा रहेका छन् ।नेपालीहरु पहिल्यदैखि सुनचाँदीका गहनामा सौखिन रहेका र शुरक्षित लगानीको रुपमा समेत नेपालीहरुले सुन किन्न थालेकाले सुन ब्यबसायमा आफुहरु आकर्षित भएको गायक श्यामले बताए ।

सुम्निमा ज्वैलरी एण्ड कलेकशनमा सुनचाँदीका अलावा बिभिन्न जातजातीका पोशाकदेखि हस्तकलाका सामाग्रीहरु समेत बेच्न राखिएको गायिका जानुका राईले बताइन । उन्ले भनिन् “हाम्रो पसलमा सुनचाँदी बाहेक हस्तकालाका साथमा नेपालीहरुको शान खुकरी, सबै जातजातीका पोशाक, उनीहरुको साँस्कृतिक बाजा लगायत बिभिन्न शोभनिरका सामाग्रीहरु सुफत मुल्यमा बेच्न राखेका छौ । यहाँ पसलमा आएर तपाईहरुले छानी छानी किन्न सक्नु हुन्छ भने अनलाइन मार्फत बिश्वभरी डेलिभरीको ब्यबस्था समेत गरेका छौ’’ । गायिका जानुका राई मुन्दुमी गायिकाको रुपमा चर्चित छन् भने उनले नेपाली कथानक चलचित्र बिनायोमा समेत पाश्र्व गायन गरी गरिसकेका छन् ।

गायक श्यामले भने “आफुहरु नेपालमा पनि ब्यबसायको थोरबहुत अनुभब लिएर आएको हुदा नयाँ ठाउँमा नयाँ ब्यबसाय शुरु गर्न त्यति धेरै चुनौती छैन अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रमक ब्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौ’’ । बेलायतमा बसेर नेपाली साँस्कृतिक गर गहनाका साथै पहिचान बोकेका सामग्रीको प्रर्वद्धन गर्नुले अन्तराष्ट्रिय स्तरमा नेपाली आदिवासी जनजातिको पहिचानलाई स्थापित गर्न टेवा पुग्ने सँस्कृति कर्मी कपिल राई बताउछन् । गायक श्यामका मुर्चुङगामा रोए म साराङगीमा रेटिए, मैच्याङ हौ मैच्याङ हौ लगायतका गीतहरु लोपप्रिय छन् । पछिल्लो समय मुम्दुम टे«लका प्रबद्र्धकका रुपमा समेत चर्चा कमाएका उनको “मुन्दुम टे«ल नामक संस्मरणात्मक पुस्तक गत बर्ष सार्बजनिक भएको थियो ।