अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं, १२ माघ
काठमाडौं महानगरपालिका २६ कपुरधारास्थित मासु पसल संचालन गरी बस्ने बर्दिया घर भएका ३५ वर्षीय ईस्माइल खानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ देखिने पदार्थ करिब १ सय मिलिग्राम, चरेश जस्तो देखिने पदार्थ करिब ३२ ग्राम ९ सय मिलिग्राम र पोल्याण्ड जस्तो देखिने पदार्थ करिब १५ ग्राम ९ सय मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौर समेतबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धान एवम् सोधपुछको लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम सहित भारत किसनगंज(११ घर भएका ३२ वर्षीय अस्लाम मुदिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा।प्र।०१(००६ ख ७४४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका(६ जाली बस्ने २१ वर्षीय दिनेश भट्टलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका(१ घम्बोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय अशोक बर्मालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका(१६ फुलवारी टोल डेरा गरी बस्ने सोही महानगरपालिका रंगपुर टाडी घर भएका ३० वर्षीय पवन यादवलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब २ किलोग्राम, ३ हजार ४ सय ५ नेपाली रूपैयाँ र ३ सय ६० भारतीय रूपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नगवा, प्रहरी चौकी बसपार्क समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका(१४ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम, मोबाइल २ थान र नगद ५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(१७ नँयाबस्ती बस्ने ३३ वर्षीय रोशन चौधरी र २३ वर्षीय सुरेश चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका(६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका(१३ चप्परगौरी बस्ने २३ वर्षीय अर्जुन बिक समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका(३ सामादैजीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ५ सय ८६ ग्राम सहित बझाङ बित्थडचिर गाउँपालिका(१ बस्ने ४० वर्षीय गमी लाल बोहोरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।