काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहको टिमले सस्तो लोकप्रियताका लागि महानगरमा कार्यरत कर्मचारीहरुको क्यारीअरमा असर पर्ने गरी कर्मचारीमाथि कारवाही गर्ने र प्रचार गरेको पाइएको छ ।बिनाआधार कारवाही गरेपछि सबै कारवाही गरेका कर्मचारी पुनरावेदनमा जाने र पुनारावेदनमा सफाई पाउने गरेका छन् । यसको पछिल्लो उदाहरण यस अघि बालेन शाहले कारवाहीको सिफारिस गरेपनि सफाई पाएर काममा फर्किएका नुरनिधि न्यौपाने भएका यस अघि बालेन शाहले कारवाहीको सिफारिस गरे पनि सफाई पाएर काममा फर्किएका नुरनिधि न्यौपाने अहिले महानगरमै कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत छन् । त्यसैगरी सोही मुद्धामा कारवाहीमा परेका रामप्रसाद पौडेल मुद्धा जितेर अहिले कागेश्वरी मनहरा नगरपालिकामा कार्यरत छन् । नेपाल सरकारका सहसचिव बसन्त अधिकारी पनि सरकारी सेवामा काम गरि रहेकै छन् । यस्तै बालेन शाह टिमको पछिल्लो सिकार काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भएका छन् । उनलाई काठमाडौँ टावरको नक्सा पासमा गैरकानुनी काम गरेको भन्दै महानगरले कारवाही सिफारिस गरेको थियो । त्यसपछि उनी बिदामा बसेका छन् ।
महानगरले पुस २८ गते काठमाडौँ टावरको १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउन पर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको भन्दै कारवाही सिफारिस गरेको थियो । नक्सा पासको स्वीकृति दिने प्रक्रियामा गडबडी भएको सूचना पाएपछि महानगर प्रमुख बालेन्द्र शाहले आन्तरिक रूपमा छानविन गर्न लगाएको र छानविन गर्दा गडबडी भएको पाएपछि संघीय मामिला तथा सामान्य प्रशासन महानगरपालिकाले कारवाहीको सिफारिस गरि पठाएको काठमाडौँ महानगरले जनाएको थियो। तर सानन्युजलाई प्राप्त कागजाँचमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बालेन शाहकै विश्वास पात्र ई सन्तोष गुरागाईले दिएको रिपोर्टका आधारमा काम गरेको पाइएको छ।
काठमाडौको पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं ‘भ्यु टावर’ सुरुमा २२ तला बनाउने भनिएको थियो तर ०७२ को भूकम्प पछि काठमाडौंमा १२ तला भन्दा बढीको नक्सा पास नहुने भएपछि १२ तलामात्र पास भयो । त्यसपछि निर्माण कम्पनीले तला थपको लागि महानगरपालिकालाई निवेदन दिएको थियो ।
त्यसपछि महानगरले १२ औं तलामाथि तला थपको बारेमा प्राविधिक जाँचका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसको टोलीलाई जिम्मा दियो । टोलीले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाइ सकेको छ। प्रतिवेदनले निर्माण मापदण्डअनुरूप काम भए तला थप्न सकिने उल्लेख छ । महानगरको प्राविधिक टोलीले प्रतिवेदनको अध्ययन गरी तला थपको लागि अनुमति दिने टिप्पणी समेत प्रमुख प्रशासकीय अधिकारीलाई पेश गरेपछि सोहीअनुसार महानगरपालिकाले कानुनी प्रक्रिया पूरा गरी तला थपको लागि नक्सा स्वीकृत गरेको देखिन्छ । प्रतिबेदनमा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिबाट मिति २०८०/७/१ मा नक्सा पास म्याद थप तथा नक्सा संशोधन गर्न (भवन निर्माण मापदण्ड २०८० को FAR मापदण्ड बमोजिम) निवेदन पेस गरेको उल्लेख छ ।
त्यस्तै काठमाडौँ भवन निर्माण मापदण्ड, २०७५ परिच्छेद–२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हाल कायम रहेको दस्तुर लिई सुपर स्ट्रक्चर नक्सा पास गर्न सकिने व्यवस्था रहेकोले सोही सम्बन्धमा निर्माण साझेदार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले सुपर स्ट्रक्चर नलिई निर्माण गरेको जम्मा बेसमेन्टसहित १२ तलाको लागि जरिवाना लिई नक्सा पास प्रक्रिया अगाडि बढाउने र थप तला थप्न दिन सकिने उल्लेख छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कस्थित कि. नं. १३७३ क्षेत्रफल २३–५–३–३ जग्गामा काठमाडौँ महानगरपालिका (कामपा) को नाममा टावर निर्माण गर्न २०७१/११/२० मा कामपा को कार्यपालिका बैठकको निर्णय भई मिति २०७१/११/२२ मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि र कामपाबीच दुई पक्षीय सम्भौता भएको थियो ।























