कोप-३१ मा जलवायु वित्त र अन्तर्राष्ट्रिय सहकार्यको पहल गर्दै अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

टर्किएमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्। सम्मेलनमा उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए। भ्रमणका क्रममा नेपाललाई जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धनको १०५ औँ सदस्यका रूपमा सहभागी गराउँदै जलवायु उत्थानशीलताका लागि वित्तसम्बन्धी नीतिगत अवधारणा प्रस्तुत गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

साथै, बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली, बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसहित विभिन्न देशका जलवायु दूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँग जलवायु वित्त र सहकार्यबारे छलफल भएको थियो।वाग्लेले हरित जलवायु कोषका नेतृत्व, जलवायु तथा अर्थशास्त्रका विज्ञहरूसँग पनि भेटवार्ता गरेका थिए। उनले न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिनुका साथै सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएका थिए।