तेह्रथुम, छथर गाउँपालिका(४ परेवाखोप बस्ने ७१ वर्षीय लोकमान लिम्बु सोही ठाउँस्थित परेवाखोपको पहरे खानेपानीको ट्याङ्कीको गेटबल छेउमा सिमेन्टले ढलान गरेकोखाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोलस्थित किष्ट अस्पताल भित्रको इमरजेन्सी पछाडी रहेको शौचालयभित्र सोही नगरपालिका-८ बिशुन्डोल बस्ने ३१ वर्षीय सन्दिप रावल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















