नेकपा (माओवादी केन्द्र)सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा जनार्दन शर्माको पकड

नेकपा (माओवादी केन्द्र)सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को महासचिवमा रोशन थापा मगर विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपत्यका र विश्वविद्यालय प्रदेशको जारी मतगणनामा महासचिवको गणना सकिँदा ५९६ मत प्राप्त गर्दै मगर निर्वाचित भएका हुन्।
मगर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलका हुन्। उनले उपत्यका विशेष प्रदेशबाट १०० मत ल्याए भने विश्वविद्यालयबाट ८७ मत पाए।

उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४० मत ल्याए। महतो उपमहासचिव शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन्।
महतोले उपत्यकाबाट ४७ र विश्वविद्यालयबाट ६८ मत पाए। उपत्यकामा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको थियो। नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कोषाध्यक्षमा फूलमाया रानामगर ’खुसी’ निर्वाचित भएकी छन्। पेरिसडाँडामा जारी उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणनामा कोषाध्यक्ष पदको गणना सकिँदा खुसी निर्वाचित भएकी हुन्। उनले ५९६ मत ल्याएकी छन्। उनी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलकी हुन्।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव प्यानलकी पार्वता चाम्लागाई (पारू) दोस्रो, उपमहासचिव शक्ति बस्नेतनिकट विजयप्रकाश सापकोटा प्यानलका महेन्द्रबहादुर चन्द तेस्रो र वर्षमान पुननिकट सुदिन पौडेल प्यानलका शिव श्रेष्ठ चौथो भएका छन्। उपमहासचिवमा जनार्दन निकट विजयी यस्तै ९ जना उपमहासचिवमा कोशीका विपिन पोखरेलले ८३१ मत ल्याएर विजयी भएका छन् । मधेशबाट गजेन्द्र यादवले ४०७ मत ल्याएर विजयी भएका छन् । बागमतीबाट निर्मला गौतमले ८०३ मत ल्याएर विजयी भएकी छिन् ।

यसैगरी गण्डकीबाट भगवान बास्तोलाले ७६९, लुम्बिनीबाट रेशम अधिकारीले ६२८, कर्णालीबाट प्रकाश अधिकारीले ६०४, सुदूरपश्चिमबाट रामचन्द्र भट्टले ३९९ मत ल्याएर जितेका छन् । उपत्यका विशेषबाट निरोज श्रेष्ठ र विश्वविद्यालयबाट जटिल कार्कीले ६४८ मत ल्याएर विजयी भएका छन् । निरोश श्रेष्ठ र विपिन पोखरेलबाहेक सबै शर्मा पक्षका हुन् ।१२ वटा सचिवमध्ये यसअघि शर्मा निकट वीरेन्द्र जिसी, समकृति पुन, अमर मण्डल, आस्र्टिक मोक्तान र युन्छोङहाङ मावो विजयी भएका थिए ।