पाथिभरामा केबलकार निर्माणको विरोधमा आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दको प्रभाब सो क्षेत्रमा परेको छ । आजको बन्द
पहिचान पक्षले आह्वान गरे हुन । । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दको गरेको हो ।
प्रहरीका अनुसार आज बिहान राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् । प्रहरीका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा बढि छ । अन्य जिल्लामा भने बन्दको प्रभाव सामान्य मात्र परेको छ । ‘केही ठाउँमा बन्दकर्ता सडकमा निस्किएका छन।
पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दको प्रभाव बढी छ । दुवै सडकमा यात्रुबाहक बस चलेका छैनन् । ठूला चोकहरूमा बन्दकर्ताहरु भेला भएका छन् ।
केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, माग राख्दै अरुणपूर्वका नौं जिल्ला (झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर) मा बन्दको आह्वान गरेको थियो ।
एकसाता अघि पाथिभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो । झडपमा २१ प्रहरीसहित २६ जना घाइते भएका थिए । झडपमा २ जनालाई प्रहरीले चलाएको गोली लागेको थियो ।

















